Logo

२०८३, आश्विन ११गते


images
images

रुरुधाममा जारी छ वसन्त महाेत्सव

रुरुधाममा जारी छ वसन्त महाेत्सव

images
  • सेतोमसी सहकर्मी
  • रुरुधाममा जारी छ वसन्त महाेत्सव
    images
    images

    कृष्ण अन्जान, रुरु । पाल्पाको रुरुक्षेत्रधाममा  अर्गली-पाल्पा कृषि  महोत्सव सुरु जारी छ  । चैत्र १७ गतेदेखि शुरु भएकाे याे  बसन्त रितुमा आयाेजना गरिएकाे बसन्त  महोत्सव चैत २७ गतेसम्म अर्गलीस्थित रिडी धाममा सञ्चालन हुने आयाेजकले बताएका छन ।

    images
    images
    images

        तानसेन नगरपालिका वडा न १४  अर्गलीकाे  जनचेतना युवा मञ्चको आयोजनामा स्थानीय स्तरमा उत्पादित बस्तु तथा कलासंस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 

    images
    images
    images

        ‘पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु धाम जाउ, संस्कृति तथा पर्यटन प्रवर्धनमा टेवा पुर्याऊँ भन्ने मूल नारा सहित महोत्सव जारी  रहेकाे  क्लबका अध्यक्ष अर्जुन कौशलले जानकारी दिनुभयो ।

    images
    images
    images

       महाेत्सवकाे उद्घाटन लुम्विनी प्रदेश सरकारका कृषि, खाद्य प्रविधि तथा भूमी व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले उद्घाटन गर्नुभएकाे थियाे । उहाँले स्थानीय रूपमा बस्तु तथा कला संस्कृतिकाे प्रवर्धन गरेर देशकाे विकास गर्न सकिने बताउनुभयाे । 

        स्थानीय कला, संस्कृति, कृषि र पर्यटनको विकास र विस्तारका लागि गर्न लागिएको महोत्सवमा तानसेन नगरपालिकाले सहयोग गर्ने वडा अध्यक्ष कमल रानाकाे भनाई छ । 

         महोत्सवमा स्थानीय संस्कृति समेटिएको झाँकी, भजनकृतन, मौलिक सालौजो, सोरठी, झ्याउरे र स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति भईरहेका छन ।

          विभिन्न खानाका स्टलहरू, कालीगण्डकी नदीमा र्याफ्टिङ्ग समेत रहमुका साथै पहिलाे  पटक स्टिमर समेत सन्चालन भएकाे छ ।

          महोत्सवमा कृषि प्रदर्शनी, कुटीर उधोगबाट उत्पादित उत्पादन तथा वस्तुको प्रदर्शन, हस्तकलाका उत्पादन सामाग्री, दैनिक उपभोग्य वस्तु र स्वदेशी तथा विदेशी लत्ताकपडाका स्टल लगायतका पाल्पा, गुल्मी, स्याङ्जालाई चिनाउने कृषि उत्पादन वस्तुलाई आकर्षकका रुपमा राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।