Logo

२०८३, कार्तिक १८गते


images
images

समाचार

नेपाली नागरिकको नामबाट क्रिप्टो करेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

नेपाली नागरिकको नामबाट क्रिप्टो करेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

images
  • नेपाली नागरिकको नामबाट क्रिप्टो करेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ
    images
    images

    काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई नेपाली नागरिकलाई ठगी गर्ने आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी विश्वासमा पारेर नेपालीहरूको बैंक खाता प्रयोग गर्दै ठगी गर्ने र सो रकमलाई क्रिप्टो करेन्सी मार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको हो ।

    images
    images
    images

    सोही क्रममा काठमाडौँ महानगरपालिका-२६ ठमेलबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले उनको साथबाट करिब १७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको विवरण, तीन थान मोबाइल तथा रकम पठाउन प्रयोग गरिने कागजात बरामद गरेको छ ।

    पक्राउ परेका उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिप्टो करेन्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।