Logo

२०८३, आश्विन १०गते


images
images

'हरियो मतपत्र' को विरोध गर्ने एमालेकै विद्यार्थी संगठनको किताबमा 'हरियो सूर्य' !

'हरियो मतपत्र' को विरोध गर्ने एमालेकै विद्यार्थी संगठनको किताबमा 'हरियो सूर्य' !

images
  • 'हरियो मतपत्र' को विरोध गर्ने एमालेकै विद्यार्थी संगठनको किताबमा 'हरियो सूर्य' !
    images
    images

    काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले निर्वाचन आयोगले मत पत्रको रंग हरियो बनाएको भनेर उत्पात मच्चाइरहेका बेला उनकै भ्रातृ संगठनले अनेरास्ववियुले सूर्य चिन्हलाई हरियो रंगको बनाएको छ ।

    images
    images
    images

    अनेरास्ववियुको केन्द्रीय कमिटी प्रकाशक रहेको ‘निर्वाचन सचेतना पुस्तक’मा एमालेको चुनाव चिन्ह ‘सूर्य’लाई हरियो रंगमा छापेर पुस्ताक बाहिर ल्याएको छ ।

    images
    images
    images

    ओलीले मत पत्रको रंग हरियो बनाएर आयोगले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’को रंगसँग मिलाएको भनेर सार्वजनिक कार्यक्रममा आपत्ति जनाएका थिए ।

    images
    images
    images

    ओलीकै पार्टी एमालेको विद्यार्थी संगठनले नै निर्वाचन सचेतना पुस्तिकामा ‘सूर्य’लाई हरियो बनाएछि ओली चकित परेका छन् ।

    एमालेका केही नेताहरूले सामाजिक सञ्जालमा ‘सूर्य पनि हरियो हुन्छ र ?’ भनेर लेखेका छन् । हरियो रंगसँग डराएका ओली र एमालेका नेताहरूलाई अनेरास्ववियुले पनि हरियो रंगको सूर्य बनाएर चकित तुल्याइदिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।