देवदह । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा 'उद्यमशीलता र पारदर्शितामा देवदहका सहकारीहरू' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले सहकारी समितिहरूले समस्या मात्रै राख्ने भन्दा समाधानमा पनि सहकारी संस्थाहरू आफैं सक्रिय हुनुपर्ने बताए । उनले उद्यम गर्ने योजना ल्याए नगरपालिकाले सहयोग गर्ने तर कुनै पनि उद्यम नगरी पालिकाले लगानी नगर्ने स्पष्ट पारे । प्रमुख खरेलले सहकारीहरूको साधारण सभाको नाममा विभिन्न सामग्री खरिद गरी चिठ्ठा थुत्ने कार्यक्रम गरेको जानकारी आएको भन्दै त्यस्तो गतिविधि पाइए कारबाही गर्ने बताए ।
देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालले सहकारीकर्मीहरूमा उद्यमशीलता कम देखिएको बताए । हालसम्म कुनै पनि सहकारीले व्यवसायिक योजना बनाएर पालिकामा नआएको उल्लेख गर्दै उनले ऋण परिचालन गर्दा ऋणीको अवस्था हेरेर मात्रै ऋण दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरिवेक्षण समितिका संयोजक भिम प्रसाद तुलाचन, सञ्चालक सदस्य टीका न्यौपाने, दलबहादुर बिर्कट्टा, बलराम पौडेल, दिपक पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा सहकारीकर्मी सुभकान्त न्यौपानेले सहकारीको उद्यमशीलता र पारदर्शितासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
सहकारी संजाल देवदह नगर अध्यक्ष जागेस्वर पङ्गेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology