Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

images
  • राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
    images
    images

    काठमाडौँ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक अध्यक्ष नारायण प्रसाद दाहाल को अध्यक्षतामा सिंहदरबारस्थित कार्यकक्षमा बसेको छ ।

    images
    images
    images

    बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको २०औँ अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल गरेको छ ।

    images
    images
    images

    छलफलका क्रममा आगामी बैठकको कार्यसूची, सभामा सीट व्यवस्थापन, प्रस्तावित कार्यतालिका लगायत विषयमा निर्णयका आधार तयार गरिएको छ। त्यसअन्तर्गत कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, विभिन्न समितिमा सदस्य चयन, उपाध्यक्ष तथा सभापतिको निर्वाचन, र सभामा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी विषय छलफल भएको छ ।

    images
    images
    images

    यसैगरी, दलका नेताहरूको शुभकामना मन्तव्यका लागि समय निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ ।

    बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २०औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिका आवश्यक रहेको बताए । उनले सहकार्य र समन्वयमार्फत सभालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

    बैठकमा कानुनमन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव तथा राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।