पविता पौडेल, बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बुटवल उपमहानगरपालिकामा वडा नं. ७ को निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २३ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् I
कार्यक्रममा बोल्दै सो पार्टीका जिल्ला संयोजक निर्मल जीसीले अवसरवादी र समाज्यवादीहरुसंग लडेर देशमा गणतन्त्र स्थापना गर्ने पार्टी माओवादी रहेको बताउँदै अवको निर्वाचनमा आफ्नो पार्टीसँग अन्य पार्टीहरुले गठवनधन गर्न चाहे पछि नहट्ने र गठवन्धन नभए एक्लै निर्वाचनमा जान तयार भएको वताएका थिए ।
माओवादी केन्द्रमा जनता आकर्षित भएको उल्लेख गर्दै पार्टीका बुटवल नगर अधयक्ष महेन्द्र भुसालले १९ वटै वडामा कार्यालय खोल्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology