बुटवल । पुर्ब सांसद तथा नेकपा माओवादी केन्द्रका नेता विनोद पहाडीले माओवादी दलित समुदायको मित्र भएको बताएका छन् । शनिबार सैनामैनामा आयोजित दलित मुक्ति मोर्चाको सभालाई सम्बोधन गर्दै पहाडीले माओवादी आन्दोलनले दलित समुदायको जीवनमा आमूल परिवर्तन ल्याएको बताए ।
मुलुकमा माओवादी नेतृत्वको जनयुद्ध नभएको भए राज्यमा दलित सभागिता शून्य हुने बताउँदै पहाडीले माओवादी कै बलले संविधानमा दलितका सवाल सम्बोधन भएको कुरा बताए । आगामी निर्वाचनतर्फ इंगित गर्दै उनले दलित समुदायले आफ्नो मित्रशक्ति माओवादीका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपा बिकले दलित र महिला हकका कुरा संविधानमा भए पनि राज्य र अन्य राजनीतिक दलले बेवास्ता गरेको उल्लेख गर्दै संविधानमा लेखिएका अधिकार कार्यान्वयनका लागि माओवादीले जित्नुपर्ने बताइन् ।
सभामा माओवादी नेता रोमनाथ न्यौपाने, धन बहादुर बिक, राम बहादुर बिक, उमकन्त घिमिरे, शान्ता थापा, जय बहादुर सार्की लगायत बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology