Logo

२०८३, आश्विन १०गते


images
images

नेताले जनतालाई गोरु बनाएको भन्दै काँधमा हलोजुवा बोकेर महाकाली-मेची पैदल यात्रा

नेताले जनतालाई गोरु बनाएको भन्दै काँधमा हलोजुवा बोकेर महाकाली-मेची पैदल यात्रा

images
  • नेताले जनतालाई गोरु बनाएको भन्दै काँधमा हलोजुवा बोकेर महाकाली-मेची पैदल यात्रा
    images
    images

    देवदह । नेताले जनतालाई गोरु बनाएको भन्दै एक युवा हलो जुवा बोकेर महाकाली मेची पैदल यात्रामा
    हिंडेको १४औं दिनमा देवदहबाट अघि बढेका छन् ।  देशमा भइरहेको भ्रष्टाचारको बिरोधमा कैलालीका एक युवा काँधमा हलो जुवाको प्रतिक बोकेर पश्चिम महाकाली देखि पुर्व मेची पैदल यात्रामा निस्किएको यात्री देवराज पाध्यायले बताए ।

    images
    images
    images


    कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुरीया निवासी देवराज पाध्यायले चैत्र १ गते महाकालीको गड्डाचौकीबाट पैदल यात्रा सुरु गरेका हुन्  । चैत्र १४ गते सोमबार बिहान रुपन्देहीको देवदह आइपुगेका पाध्यायले नेताहरुले जनतालाई गोरु बनाएको महसुस गरेकाले काँधमा हलो र जुवा बोकेर पैदल यात्रामा निस्किएको जानकारी दिंदै युवाहरूलाई त्यसको विरुद्ध बोल्न आग्रह गरे ।

    images
    images
    images

    उहाँले आउने चुनावमा हाम्रोलाई भन्दा राम्रोलाई जिताएर देशको दीर्घकालिन विकास गर्नुपर्ने आफ्नो मत रहेको बताउँदै उनले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने पनि आफ्नो माग रहेको उनले बताए । 

    images
    images
    images

    यात्राको क्रममा बिभिन्न ठाउँमा स्थानिय, प्रहरी तथा व्यवसायीहरुले सामान्य सहयोग गरेको बताउँदै दैनिक ३५ किलोमिटर यात्रा गरिरहेका उनले यसप्रकारको कष्टकर पैदलयात्रा रहर नभएर बाध्यता भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।