नवलपरासी । सुनवल ७ सिसाहानी टोलका स्थानीयले धुलोका कारण स्वास्थ्यमा समस्या आएको भन्दै ज्यामिरे अस्नैया सडक बन्द गरिदिएका छन ।
ज्यमिरे अस्नैया सडक खन्ड कालो पत्रे नहुँदा बाटो धुलाम्मे भएका कारण बाटो छोउछाउका घरमा धुलो पसे पछि स्वास्थ्यमा समस्या आउन थालेको भन्दै स्थानीयहरुले बाटोमा गाडी कुदाउन अबरोध गरेका छन ।
वडा ७ भित्र ठुला कारखानाका बाक्लै गाडी कुद्ने बाटो भए पनि उद्योग र नगरपालिकाले धुलोको ब्यवस्थापनका लागि कुनै काम नगरेका कारण बाध्य भएर बाटो बन्द गर्नु परेको सिसाहानी टोल सुधार समितिका अध्यक्ष प्रेम लाल पाण्डे बताए।
उनका अनुसार सडक मर्मत गर्न समयसम्म दैनिक पानी हालेर धुलो नउड्ने बनाउन नगरपालिकासंग पटक पटक अनुरोध गर्दा समेत सुनुवाइ नभए पछि बाध्य भएर आजदेखि बाटो नै बन्द गर्नु परेको हो ।
राजनितिक शक्तिको आडमा जनप्रतिनिधिहरुले ज्यामिरे देखि चारपाला(पानी टंकी) सम्म बाटो मर्मत गर्न लागेको तर सिसाहानी देखि अस्नैया सम्मको बाटो निर्माणमा कुनै चासो नदेखाएको स्थानीय प्रकाश न्यौपानेले बताए ।
बाटोमा गाडी कुदाउँदा निस्कने धुलोका कारण स्वास्थ्यमा जटिल खालको समस्या आएको कारण बाटो बन्द गर्नु परेको स्थानीयहरु बताउछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology