Logo

२०८३, आश्विन १०गते


images
images

पिक्यान गण्डकीको अध्यक्षमा भुवन क्षेत्री

पिक्यान गण्डकीको अध्यक्षमा भुवन क्षेत्री

images
  • सेतोमसी सहकर्मी
  • पिक्यान गण्डकीको अध्यक्षमा भुवन क्षेत्री
    images
    images

    कृष्ण अन्जान, कास्की । नेकपा एमाले निकट शैक्षिक परामर्श ब्यबसायीहरुको संगठन प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गण्डकी प्रदेशको प्रथम सम्मेलन तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ। 
    अधिवेशनले प्रगतिशील शैक्षिक परामर्श संघका संस्थापक सदस्य भुवन क्षेत्रीको अध्यक्षता १३ सदस्यीय प्रदेश कमिटी सर्बसम्मत चयन गरेको छ । 

    images
    images
    images

     कमिटिको उपाध्यक्षमा अधिबक्ता देबराज शर्मा, सचिबमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्ष गणेश कोइराला चयन भएका छन् भने सदस्यहरुमा राजु गोर्खाली, बिश्वोकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल र प्रकाश अधिकारीलाई चयन गरेको छ। त्यसै गरि सोही अधिवेशनले प्रदेश कमिटीमा पदेन सदस्य रहने गरि जिल्ला संयोजकहरुको पनि टुङ्गो लगाएको छ। जस अनुसार तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, बिश्व प्रकाश भुषाल तनहु संयोजक, मिलन पौडेल पर्बत संयोजक र नेत्र बिष्ट बाग्लुंग संयोजक चयन भएका छन।  गण्डकी प्रदेशबाट यस अगाडि नै केन्द्रिय सदस्यमामा सन्दिप अर्याल र युबराज पौडेल संगै गण्डकी संयोजकमा भुवन क्षेत्री र सहसंयोजकमा अधिबक्ता देबराज शर्मा काठमाडौमा सम्पन्न केन्द्रिय भेलाबाट चयन भएका थिए।

    images
    images
    images

    नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कास्कीका मन बहादुर गुरुङ, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थाई कमिटि सदस्य तथा पिक्यानका केन्द्रिय सहसम्योजक राजन कुमार श्रेष्ठ, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष किशन सुनार, केन्द्रिय सदस्य खड्का बहादुर ताम्लिङ्ग, गण्डकी प्रदेश उपाध्यक्ष मोति पौडेलको विशेष अतिथिका रुपमा उपस्थिति रहेको थियो। नेकपा एमाले भोजपुर सचिब किरण राइ, नेकपा एमाले मादी गाउपालिका अध्यक्ष बालकृष्ण गुरुङ, इक्यान कास्कीका अध्यक्ष इबिन्द्र तिवारी, इक्यान कास्कीका पुर्व अध्यक्ष मिलन तिवारी, गुणाखर साप्कोटा लगायतका अतिथिहरुको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेशका कास्की, पर्बत, बाग्लुंग, म्याग्दी, तनहुँ लगायत जिल्लाबाट प्रतिनिधिहरु उपस्थित भएका थिए ।

    images
    images
    images

    करिब ५० भन्दा बढी शैक्षिक परामर्श ब्यबसायीहरुको उपस्थितिमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि रश्मि आचार्यले अबका दिनमा परामर्श ब्यबसायीहरु बिद्यार्थीलाई बाहिर अध्ययनको लागि पठाउने मात्र होइन बाहिरका बिद्यार्थीहरुलाई नेपाल भित्र्याई गण्डकी प्रदेशको राजधानी पोखरा संगै नेपाललाई शैक्षिक हब्को रुपमा विकास गराउन अपिल समेत गर्नु भएको थियो। दर्ता नभई संचालनमा रहेका परामर्शको ब्यबसयीहरुको कारण इमान्दार ब्यबसायी मर्कामा परेको हुँदा त्यस्ता अबैधानिक ब्यबसायीहरुलाई कानुनी दायरामा ल्याउन समेत राज्यसंग अपिल गर्नु भएको थियो। कार्यक्रममा नेकपा एमाले नै वास्तविक जनताको पार्टी रहेको अनुभूति सम्पूर्ण जनता, उद्योगी ब्यबसायीहरुको धारणा विभिन्न माध्यमबाट सार्बजनिक भएको हुँदा सबैजना नेकपा एमाले निकट यस प्रगतिशील शैक्षिक परामर्स ब्यबसायी संघमार्फत नेकपा एमालेमा समाहित भै आसन्न स्थानीय निर्बाचनमा नेकपा एमालेलाई अत्यधिक बहुमतका साथ बिजयी गराउन अतिथि वक्ताहरूको जोड रहेको थियो।

    नेपाली विध्यार्थीहरुलाई विकसित देशहरूमा उच्च शिक्षा अध्ययनको लागी सहजीकरण गर्ने शैक्षिक परामर्श ब्यबसाय सेवामुलक र स्वोरोजगार सहितको ब्यबसाय भएको हुँदा यसलाई राज्यले हेर्ने दृस्टिकोण सकारात्मक हुनुपर्नेमा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जोड दिए। संघका संयोजक भुवन क्षेत्रीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्य सन्दिप अर्याल र युबराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने विकास गौतमले स्वागत संगै तत्कालिन सह संयोजक अधिबक्ता देबराज शर्माले संचालन गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।