ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख १९ गते आइतबार । तदनुसार २ मे २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
पञ्चाङ्ग वि.सं. २०७८ वैशाख १९ । ई.सं. 02 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ चौलागा । चन्द्रमा उत्तरायण । वसन्त ऋतु । वार आइतवार । वैशाख कृष्णपक्ष । तिथि - षष्ठी , २०:३५ बजे उप्रान्त सप्तमी । नक्षत्र - पूर्वाषाढा , १४:३३ बजे उप्रान्त उत्तराषाढा । योग - सिद्ध ७:११ बजेदेखि साध्य , २८:४५ बजे उप्रान्त शुक्ल । करण - गर ९:२६ बजेदेखि वणिज , २०:३५ बजे उप्रान्त वालव । चन्द्रराशि - धनु । आनन्दादि योग - शुभ । दिनमान - ३२ घडी ५९ पला । सूर्योदय - ५:२६ । सूर्यास्त - १८:३७ ।
आजको राशिफल
मेष (चु, चे, चो,ला,ली,लु,ले,लो,अ) :-
अध्ययनमा रुचि वढने छ । व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छैन । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । परिवार तथा सन्तानबाट असहयोग प्राप्त हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) :-
आज खर्चमा वृद्धि हुनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) :-
धनलाभ हुने दिन छ । मीठो कुरा खानपाईने दिन रहेको छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । परिवारबाट सहयोग मिल्ने छ । मान प्रतिष्ठा बढ्ने योग छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) :-
श्रीवृद्धि तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । विद्यार्थीका लागि अध्ययन क्षेत्र फलदायी रहेकाछन् ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) :-
व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धनक्षय (अपव्यय) हुनेछ मेहनतसाथ गरेको काम सफल हुनेछैन । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :-
मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । अनावश्यक खर्चमा वृद्धि हुने छ । परिवारका सदस्यहरु संग मतभेद हुन सक्ने योग छ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) :-
धन आर्जनगर्ने अवसर मिल्नेछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । मित्रहरुको साथ र सहयोग प्राप्त हुने छ । प्रेममा सफल हुने योगछ । विद्यार्थीको लागि आजको दिन राम्रो रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-
अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । शरीरमा समस्या आउन सक्नेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) :-
सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । पारिवारीक सुख प्राप्त हुने छ । स्वास्थ्य राम्रो रहने छ । मनमा सुखको अनुभुति हुनेछ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेकोछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) :-
धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । व्यवसायमा घाटा होला । मानसिक तथा शारीरिक समस्याले सताउने छ । काममा बाधा व्यवधन आउने छ । कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्ने छ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) :-
इष्टमित्रसंग भेटघाट हुनेछ । यात्रा तथा धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-
आज कुनै नयाँ कामको थालनि हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । आज ऐश्वर्य प्राप्त हुनेछ । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology