Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय

इरानको खार्ग द्वीपमा ९० भन्दा बढी सैन्य केन्द्र नष्ट गरेको अमेरिकाको दाबी

इरानको खार्ग द्वीपमा ९० भन्दा बढी सैन्य केन्द्र नष्ट गरेको अमेरिकाको दाबी

images
  • इरानको खार्ग द्वीपमा ९० भन्दा बढी सैन्य केन्द्र नष्ट गरेको अमेरिकाको दाबी
    images

    काठमाडौँ । अमेरिकाले इरानको खार्ग द्वीपमा ठूलो स्तरमा आक्रमण गरी ९० भन्दा बढी सैन्य केन्द्र नष्ट गरेको दाबी गरेको छ ।

    images
    images
    images

    अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमण अत्यन्तै सटीक ढङ्गले गरिएको थियो र त्यस क्रममा तेलसँग सम्बन्धित पूर्वाधारमा कुनै क्षति नपुर्‍याइएको बताइएको छ ।

    images
    images
    images

    केन्द्रीय कमान्डले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा नौसैनिक बारुद भण्डारण केन्द्र, मिसाइल भण्डारण बंकर तथा अन्य विभिन्न सैन्य संरचनालाई लक्ष्य बनाएर आक्रमण गरिएको उल्लेख गरेको छ। अमेरिकी सेनाले यसलाई ठूलो स्तरको सटीक सैन्य आक्रमणको रूपमा वर्णन गरेको छ ।

    images
    images

    यसअघि एक इरानी अधिकारीले खार्ग द्वीपबाट तेल निर्यात सामान्य रूपमा जारी रहेको र त्यहाँ रहेका तेल कम्पनीहरूको गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको बताएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।