Logo

२०८३, आश्विन ११गते


images
images

बझाङमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

बझाङमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

images
  • बझाङमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु
    images
    images

    रमेश बहादुर सिह, बझाङ । बझाङमा  म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।

    images
    images
    images

    बझाङका लागि एक हजार ९३ म्यादी प्रहरी भर्ना गर्नुपर्ने  जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी  ज्ञान बहादुर बिस्टले बताए । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

    images
    images
    images

    भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्चबापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यादी प्रहरी भर्ना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।