Logo

२०८३, आश्विन ११गते


images
images

पार्सल र चिठ्ठा परेको भनि  २९ लाख ४० हजार ठगी गर्ने ब्यक्ति पक्राउ

पार्सल र चिठ्ठा परेको भनि  २९ लाख ४० हजार ठगी गर्ने ब्यक्ति पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • पार्सल र चिठ्ठा परेको भनि  २९ लाख ४० हजार ठगी गर्ने   ब्यक्ति पक्राउ
    images
    images

    काठमाडौं | सामाजिक संजाल वाट्सएप मार्फत ठगी गर्ने एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । पार्सल र चिठ्ठा परेको र सो को  रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका- ४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको हो  । 
      
    आफूलाई बिदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक ब्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको ।  साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारेका थिए।  

    images
    images
    images

    साथै उनीहरूले बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न भएका थिए।  

    images
    images
    images

    गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।