कृष्ण अन्जान, गुल्मी । फागुन महिना सकिनै लाग्दा रुरुक्षेत्र गाउँपालिका वडा न १ काे च्यूरेक गाउँमा किसानले लगाएका लिचिका बाेटहरुमा फूल खेल्न शुरु भएकाे छ ।
सरकारले नामाकरण गरिदिएकाे नेपालकै एकमात्र लिचिगाउँ च्यूरेकमा घरघरमा लिचिका बाेटहरु छन र वर्षेनी लाखौंकाे लिचि बिक्री हुन्छ ।
च्यूरेक गाउँकाे लिचिकाे ईतिहासले करिव आठ दशक पूरा गरेकाे छ । स्थानीय डिल्लीराम ज्ञवाली र लाेक बहादुर क्षत्रीले त्रिवेणी मेला भर्न जाँदा ल्याएका लिचिका बाेटहरु राेपेपछि च्यूरेकमा लिचि लगाउन किसान हरु आकर्षित भएकाे ईतिहास छ ।
डिल्लीराम ज्ञवाली र लाेकबहादुर क्षत्रिले लिचिका बाेट ल्याएकाे र लिचिका लागि च्यूरेक क्षेत्र उपयुक्त भएकाे पाईएपछि यहाँका जागरुक किसान केदारनाथ ज्ञवाली (जिम्माल बाले) व्यवसायीक लिचि खेति शुरु गरेका हुन ।
परम्परावादि खेति प्रणाली छाडेर केदारनाथ ज्ञवालीले बारि भरि लिचिका बाेट लगाएका हुन र पछिल्लो चरणमा उनकाे परिवार बसाई सरेपछि, उक्त जग्गाको स्वामित्व खरिद गरेका कृष्ण बहादुर बिकले पनि लिचिलाई व्यवसायीक खेति बनाएका छन ।
यतिबेला लिचिगाउँका अभियन्ता र सबैभन्दा धेरै बाेट भएका किसान च्यूरेकका कृष्ण बहादुर बिक हुन । बिककाे बारीभरी करिब २ सय पचास लिचिका बाेटहरु रहेका छन र वर्षमा दुईलाख सम्मकाे लिचि बेचेकाे उनले बताए ।
च्यूरेककै पिपलमुनि गाेपाल ज्ञवालीका पनि बारिभरि लपक्कै लिचिका बुटा छन याे वर्ष पनि मज्जाले फुल खेलेकाे छ ।
आफ्नो जीवनयापन नै लिचिबाटै भएकाे बताउने ज्ञवालीले पनि वर्षको एक डेढलाखकाे लिचि बेच्छन ।
तानसेन रिडी माेटरबाटाेकाे साल विसाउना बाट डेढकिलाेमिटर र फलाँटेबाट एक किलाेमिटरकाे दुरीपार गरेपछि सजिलै पुग्न सकिने च्यूरेक गाउँ छिरेपछि स्थानिय स्यालपाेखरी देखि हरेक घरघरमा लिचिका बाेटहरु देख्न पाईन्छ ।
फागुनमा फुलेकाे लिचि असारकाे पहिलाे हप्ता रातैभएर पाक्छ र यहि पाक्ने समयमा हरेक वर्ष असार दुईगते च्यूरेक लिचिगाउँमा लिचि महाेत्सव आयाेजना हुने गरेकाे छ ।
लिचि उत्पादनकाे लामाे समय भएपनि च्यूरेक क्षेत्रका लिचि उत्पादक किसानलाई लिचिमा लाग्ने अज्ञात राेगले सताएकाे छ ।मुख्य रुपमा याे क्षेत्रमा पाक्ने बेलामा लिचिकाे भेट्नाे कुहिने ,पात गज्याँगगुजुँग हुने राेगहरुले किसानहरुलाई पिराेल्ने गरेकाे रुरुक्षेत्र १ च्यूरेकका किसान दिनानाथ ज्ञवालीकाे भनाई छ ।
च्यूरेक लिचिगाउँका किसानहरूले कुनै प्राविधिक ज्ञान बिनानै लिचि लगाउने उत्पादन गर्ने कार्य गरेका छन ।
लिचि किसानहरुका लागि लिचि बजारिकरणकाे समस्या छ । पाकेपछि लामाे समय राख्दा कुहिने भएकाले पाक्ने बित्तिकै बेचि सक्नुपर्ने भएकाले मुल्यमा एकरुपता नभएकाे र घटिघटाउमा बिक्री गर्नु पर्ने बाध्यता लिचि किसान हरुकाे भएकाे लिचि किसान कृष्ण बहादुर बिककाे गुनासाे छ ।
त्यसाे त लिचि किसानहरुका लागि भनेर च्यूरेक लिचि ब्लक सन्चालक समिति र यसकाे कार्यालय पनि छ तर भौतिक निर्माण बाहेक उत्पादन भएकाे लिचिकाे व्यवस्थापन समिति बाट भएकाे छैन र किसानहरूले आफै बजार खाेजेर बिक्री बितरण गर्दै आईरहेका छन ।
याे वर्ष पनि फागुनमा लागेकाे लिचिकाे फूल बतिला लाग्दै असारमा पाकेर राताम्मे हुँदा सबैलाई लिचिगाउँले लिचि खान र पाहुर लैजान स्वागतका लागि पर्खिरहने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology