Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

मौन अवधिको कडाइका साथ लागू गर्न आयोगको आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन

मौन अवधिको कडाइका साथ लागू गर्न आयोगको आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन

images
  • मौन अवधिको कडाइका साथ लागू गर्न आयोगको आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन
    images
    images

    काठमाडौँ । आज राति १२ बजेदेखि सुरु हुने निर्वाचन प्रचारको मौन अवधिलाई कडाइका साथ लागू गर्न निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिता, २०८२ कार्यान्वयन गराउन दफा ३२ अनुसार सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक-फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    images
    images
    images

    आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म सबै पक्षले आचारसंहितामा तोकिएका नियम कडाइका साथ पालना गर्नुपर्नेछ र विशेष गरी दफा १७ र दफा १८ मा उल्लेखित मौन अवधिसम्बन्धी प्रावधानको जिल्लास्तरमा सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ ।

    images
    images
    images

    आचारसंहिता वा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कुनै गतिविधि भेटिएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी कानुनअनुसार कारबाही गर्न भनिएको छ ।

    प्रचारप्रसार निषेध अवधिमा कानुनले रोक लगाएका काम नगर्न र नगराउन आयोगले सबै पक्षलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौन अवधि
  • # आचारसंहिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।