Logo

२०८३, श्रावण २७गते


images
images

चुनावको मुखमा दल बदल्नेको बिगबिगी, प्रतिबद्ध कार्यकर्तामा चरम निराशा

चुनावको मुखमा दल बदल्नेको बिगबिगी, प्रतिबद्ध कार्यकर्तामा चरम निराशा

images
  • चुनावको मुखमा दल बदल्नेको बिगबिगी, प्रतिबद्ध कार्यकर्तामा चरम निराशा
    images
    images

    विष्णु पोखरेल, रुपन्देही । स्थानीय तहको निर्वाचन आउँन दुई महिनामात्रै बाँकी हुँदा देशैभरी 'दलबदलु' हरूको विगविगी छ । दलबदल्ने लहर चलेको देख्दा लाग्छ, स्थानीयदेखि केन्द्रसम्मका नेताहरू दल बदल्न खुट्टा नै उचालेर बसेका छन् । र, दलबदल्न कै लागि ५ वर्षमा एक पटक चुनाव आउनेगर्छ ।   

    images
    images
    images


    यसरी दलबदल्नेहरू सबै दलमा छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगायत सबै पार्टीहरूमा यस्ता पात्र उत्तिकै सक्रिय छन् ।  नेताहरूले आफ्नो पार्टीको कार्यकर्ता बचाउँने र आफ्नालाई न्याय दिनेभन्दा पनि बाहिरी पार्टीका मान्छे भित्र्याउने र चुनावको मावल बनाउने कार्यमै ध्यान केन्द्रित गरिरहेका छन ।

    images
    images
    images


    यतिबेला ठुला भनिने पार्टीका नेता कार्यकर्ताहरू आफ्ना कार्यकर्ताका घरदैलोमा कम र विपक्षी पार्टीका कार्यकर्ताका आँगनमा ज्यादा नजर राखिरहेका छन् । दलका बैठकमा लामो समय पार्टीमा काम गरेकालाई अगाडि सारेर उनीहरूको इमानदारीता र  योगदानको कदर गरिनुपर्छ भन्नेमा छलफल हुँन लगभग छाडिसकेको छ । बरू कुन दलमा को असन्तुष्ट छ र उक्त व्यक्तिलाई को मार्फत भेट्दा आफ्नो पार्टीमा भित्र्याउन सकिन्छ भन्नेमै दलका नेताहरूले जोडबल गरिरहेका छन् । 

    images
    images
    images


    विपक्षी दलका 'ठूला माछा' खोज्दै नेताहरू 

    दलहरूका गतिविधि हेर्दा उनीहरू आफ्नो दलभित्रका प्रतिबद्ध कार्यकर्ताको संरक्षण गर्न भन्दा पनि विपक्षी पार्टीका 'हेभी वेट' अर्थात 'ठूला माछा' समात्ने दाउमा देखिन्छन् । जसको उदाहरण रुपमा रुपन्देही देखि विरगंजसम्मका पार्टी प्रवेशका घटनालाई लिन सकिन्छ । 


    फाल्गुनको पहिलो हप्ता ओमसतिया गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका नेता हिरा केवट र रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहेका जनता समाजवादी पार्टीका नेता सनोज कुमार यादव लगायतका नेता कार्यकर्ता आफुले काम गरिरहेको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरे । भव्य कार्यक्रमका विच उनीहरूलाई एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीमा स्वागत गरे । 


    त्यही सेरोफेरोमा नेपाली कांग्रेसबाट निर्वाचित सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट अविर लगाएर माओवादी बने । 


    शनिवारमात्रै जनता समाजवादी पार्टीबाट निर्वाचित विरंगज महानगरपालिकाका प्रमुख विजय सरावगीले 'सर्प्राइज' पार्टी प्रवेश गरे । उनको पार्टी प्रवेश यसअर्थमा 'सर्प्राइज्ड' भयो कि वास्तवमा उनी नेपाली  कांग्रेसमा प्रवेश गर्न चाहान्थे । तर एकाएक उनका विश्वासपात्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गराएपछि उनी एमाले बने । जुन उनी आफैले भनेका छन् । 


    शनिबार नै नेकपा एमाले रोहिणी गाउँपालिकाका सचिव सहित १ हजार जना अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भन्दै गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडले भव्य कार्यक्रम विच उनीहरूलाई पार्टीमा स्वागत गरे । 


    त्यसैगरी, सोही दिन गत निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका नेतासहित ओमसतिया र रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४५० बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै पुर्वमन्त्री समेत रहेका माओवादी नेता चक्रपाणी खनाल र लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेका अर्का माओवादी नेता वामदेव क्षेत्रीले उनीहरूलाई पार्टी प्रवेश गराए । 


    यसविचमा एक्लै र सानातिना समुहमा 'आतेजाते' गर्नेहरूको सुची त झनै लामो छ । 

    प्रतिबद्ध कार्यकर्तामा चरम निराशा 

    एकाध बाहेक मौकाको खोजीमा दल बदल्नेहरू जो सुकै होउन् । उनीहरू चाहे आवद्ध दलमा स्थान नपाएर अवसरको खोजिमा अर्को दलमा पुगेका होउन् या आवद्ध दलबाट प्राप्त गर्न सक्ने जति सबै भोग गरिसकेपछि थप प्राप्तिको लागि डुलेका नै किन नहोउन् । चुनावको मुखमा हुने यसप्रकारका गतिविधिले उनीहरू प्रवेश गर्ने र उनीहरूले छाडेका दुबै दललाई दीर्घकालीन रुपमा हानी नै पुर्याईरहेको हुन्छ ।  

    वास्तविक नेता हुन र नेतृत्व गर्न अत्यन्तै कठिन छ ।कोहि पनि रातारात नेता बन्दैन ।  एउटा दलले कुनैपनि कार्यकर्ताको नेतृत्व विकासका लागि लामो समय लगानी गरेको हुन्छ । जब निर्वाचनमा पार्टी होमिनुपर्ने छ, त्यहीबेला कार्यकर्ताले पार्टी परित्याग गर्दा उक्त पार्टीलाई ठूलो हानी पुग्ने गर्छ । अर्कोतर्फ जुन पार्टी प्रवेश गराईन्छ त्यहाँ पनि पार्टीमा अवसरको पर्खाइमा लामो समय प्रतिबद्ध भएर काम गरेका ईमानदार नेता कार्यकर्ताप्रती अन्याय हुन्छ  । जब पार्टी जिम्मेवारी वा अन्य पार्टीले पाउने भुमिकामा नवप्रवेशीहरूको हालीमुहाली चल्छ तब इमानदार र प्रतिबद्ध कार्यकर्तामा चरम निराशाको स्थिती पैदा हुन्छ । जसले उक्त पार्टीलाई दिर्घकालसम्म क्षती पुर्याईरहन्छ ।  

    डुलुवाहरू यताको पार्टी कमजोर भए वा अवसर नपाए भोलि अर्कोतिर जालान् । तर, जब पार्टीका वास्तविक र प्रतिबद्ध सिपाहीहरूमा नैराश्यता पैदा हुन्छ र पलायन हुन बाध्य हुन्छन, त्यसको क्षतिपुर्ति गर्न कुनैपनि दललाई फलामको च्युरा चपाए सरह मुस्किल हुन्छ । 


    हालै दिनहुँ भैरहने पार्टी प्रवेशवाट पार्टीमा भित्रीएकाहरूकै कारण असन्तुष्ट बनेका दलका नेता कार्यकर्ताको पंक्ति ठुलै छ । सामाजिक संजालमा असन्तुष्टि पोख्ने बाहेक अहिले केही नगरेका उनीहरूले निर्वाचनमा सहयोग गर्छन् या असहयोग त्यो हेर्न बाँकी नै छ । अहिले नवप्रवेशी भित्र्याएर रातारात 'हिरो' कहलिएका दल र नेताहरूलाई निर्वाचनमा पार्टीकै इमानदार र प्रतिबद्ध कार्यकर्ताहरूले असहयोग गरे क्षणभरमै 'जिरो' हुन सक्ने सम्भावना तर्फ पनि दल र दलका नेताहरू ध्यान दिन जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।