Logo

२०८३, आश्विन ९गते


images
images

कच्चा तेल

विश्व बजारमा कच्चा तेलको मुल्य १३ प्रतिशतले बढ्यो

विश्व बजारमा कच्चा तेलको मुल्य १३ प्रतिशतले बढ्यो

images
  • विश्व बजारमा कच्चा तेलको मुल्य १३ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ । मध्यपूर्वमा बढेको युद्धको असरले विश्व बजारमा कच्चा तेलको भाउ एक्कासी उकालो लागेको छ ।

    images
    images
    images

    सोमबार एसियाली बजार खुल्नेबित्तिकै अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको भाउ १३ प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलर नाघेको छ । अमेरिकी मापदण्ड पश्चिम टेक्सास इन्टरमिडिएट पनि करिब १० प्रतिशतले बढेर ७० डलर माथि पुगेको छ ।

    images
    images
    images

    अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि आपूर्ति अवरुद्ध हुने डरले बजारमा मूल्य चर्किएको हो । विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जलडमरु मार्गमा अवरोधको जोखिम बढेको छ । केही जहाज आवतजावत गरे पनि मुख्य जलमार्ग असुरक्षित बनेको छ । ठूला जलयातायात कम्पनीहरूले सो मार्गबाट आफ्ना जहाज नचलाउने निर्णय गरिसकेका छन् ।

    images
    images
    images

    विशेषज्ञहरूका अनुसार यो अवस्था लम्बिए तेलको भाउ ९० डलरसम्म पुग्न सक्छ। केहीले १०० डलर नाघ्ने सम्भावनासमेत औंल्याएका छन् । होर्मुज मार्ग पूर्ण रूपमा बन्द भए दैनिक ८ देखि १० मिलियन ब्यारेल तेल आपूर्ति घट्न सक्ने चेतावनी दिइएको छ ।

    यसको असर ग्यास बजारमा पनि पर्ने देखिएको छ। कतार तरल प्राकृतिक ग्यासको ठूलो निर्यातकर्ता भएकाले ग्यासको भाउ पनि बढ्ने अनुमान छ । ऊर्जा मूल्य चर्किँदा यातायात खर्च, इन्धन मूल्य र दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भएकाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अर्थविद्हरूको भनाइ छ । यदि संकट छोटो समयमै टुंगियो भने असर सीमित हुने, तर लामो समय जारी रहे आर्थिक मन्दीको जोखिम बढ्ने उनीहरूले चेतावनी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कच्चा तेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।