Logo

२०८३, श्रावण २७गते


images
images

इरान-इजरायल द्वन्द्व

कतारस्थित दुताबासको नेपाली नागरिकलाई स्थानीय सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह

कतारस्थित दुताबासको नेपाली नागरिकलाई स्थानीय सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह

images
  • कतारस्थित दुताबासको नेपाली नागरिकलाई स्थानीय सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह
    images
    images

    काठमाडौँ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क र सुरक्षित रहन विशेष अनुरोध गरेको छ ।

    images
    images
    images

    राजदूतावासले जारी गरेको सूचनामा कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशन तथा सल्लाहहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । सकेसम्म घरभित्रै बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन पनि नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।

    images
    images
    images

    त्यस्तै, फैलिएका अफवाह तथा अप्रमाणित सूचनामा विश्वास नगर्न र त्यस्ता समाचार वा भिडियो अरूलाई नपठाउन पनि सचेत गराइएको छ । आधिकारिक निकायबाट जारी हुने सूचना र आपतकालीन सन्देशहरू नियमित रूपमा हेरी पालना गर्न दूतावासले आग्रह गरेको छ ।

    images
    images
    images

    दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गर्दै आपतकालीन अवस्थाका लागि टेलिफोन नम्बर +९७४–६६२१४४१९ र इमेल eondoha@mofa.gov.np

     सार्वजनिक गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कतार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।