Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा निर्वाचन

निर्वाचन अवधिमा स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको आग्रह

निर्वाचन अवधिमा स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको आग्रह

images
  • निर्वाचन अवधिमा स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको आग्रह
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न स्वास्थ्य सेवासम्बन्धी विशेष तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    images
    images
    images

    आयोगले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको व्यवस्थापकीय कार्य निरन्तर अघि बढिरहेको जनाएको छ। मतदाताको सार्थक सहभागिता सुनिश्चित गर्न मतदानको दिनअगाडि र पछाडि गरी तीन दिन सार्वजनिक बिदा दिने सिफारिस आयोगबाट भएको र नेपाल सरकारबाट सोबमोजिम निर्णयसमेत भइसकेको उल्लेख गरिएको छ।

    images
    images
    images

    मतदान प्रक्रियालाई व्यवस्थित बनाउन तहगत सरकार तथा सरोकारवालासँगको सहकार्यअन्तर्गत मतदान केन्द्र कायम गरिएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचना र तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि २१ गतेसम्म उपयोग गर्न सकिने व्यवस्था मिलाइदिन आयोगले नेपाल सरकारमार्फत सम्बन्धित मन्त्रालय र स्थानीय तहमा अनुरोध गरेको थियो । सोहीअनुसार गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाइएको छ ।

    images
    images
    images

    त्यसैगरी, सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाइएको आयोगले जनाएको छ । आपतकालीन तथा अत्यावश्यक उपचार सेवा सुनिश्चित गर्न देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्राचार गरिएको जानकारी दिइएको छ ।

    आयोगले निर्वाचनको सफल सम्पन्नताका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।