Logo

२०८३, आश्विन १०गते


images
images

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !

images
  • पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !
    images
    images

    काठमाडौं । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

    images
    images
    images

    विधानसभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत परिणाममा आम आदमी ८८ सिटमा अघि छ । यही अग्रता कायम रहे आम आदमीले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

    images
    images
    images

    आम आदमी सन् २०१७ मा भएको विधानसभा निर्वाचन भन्दा ६८ सिटमा अगाडि छ । कांग्रेस, भाजपा लगायत दल आम आदमीभन्दा निकै पछि छन् ।

    images
    images
    images

    भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रीय छन् ।

    विधानसभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदामी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए । सर्वेक्षणहरुमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो ।

    विधानसभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरु अगाडि छन् ।

    भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधानसभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।