बुटवल । गुल्मी रुरुक्षेत्र रुपन्देही सम्पर्क मञ्चले मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी आगामी निर्वाचनमा सक्षम उमेद्वारको छनोट हुनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा मञ्चका संयोजनक हेमबहादुर थापाले चुनावमा ‘हाम्रोलाई भन्दा राम्रो’लाई प्राथमिकता दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म प्रभावमा नपरी सक्षम व्यक्तिलाई निर्वाचित गराउनुपर्ने धारणा राखे । उक्त कार्यक्रमलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गर्ने जानकारी उनले दिए ।
कार्यक्रममा बोल्दै उनले फागुन २८ गते बुटवलस्थित सिद्धार्थ कटेजमा आयोजना हुन गइएरहेको एमालेको प्रशिक्षण भेलामा सहभागी हुन सबैलाई आग्रह गरे । कार्यक्रममा मञ्चका सदस्य हरी ज्ञवाली, विरबहादुर क्षेत्रीलगायतले बोलेको कार्यक्रम कपिल ज्ञवालीले सञ्चालन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology