देवदह । प्रगती सामुदायिक वन उपभोक्ता समुह देवदह ९ को १२ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । मंगलबार संस्थाको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश वन निर्देशनालयका निर्देशक इन्द्र बहादुर पछाइले सामुदायिक वनको संरक्षणमा सबैको चासो हुनुपर्ने बताए । हाल अधिकांश सामूदायीक वनहरुमा लागू भएको वैज्ञानिक वन कार्यविधि खारेज भएको अवस्था भएपनि त्यसको सट्टामा छिट्टै प्रभावकारी कार्यविधि आउने उल्लेख गर्दै पछाईले उपभोक्ता समूह नै सामुदायिक वनको संरक्षक र उपभोगकर्ता भएमात्र वन जोगिने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडा अध्यक्ष केशव भट्टराई, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारी लगायतले वनको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष चन्द्रकान्त गौडेलले वार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए, भने कोषाध्यक्ष इश्वरी घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपभोक्ता समूह भित्रका ८० वर्ष माथिका १३ जना जेष्ठ नागरिकहरुलाई नगद रु. १ हजार ५ सय सहित दोसल्लाले ओढाएर सम्मानित गरिएको थियो ।
त्यसैगरी अपाङ्गता भएका २४ जनालाई नगद रु. २ हजार सहित सम्मान गरिएको समूहका उपाध्यक्ष पुर्ण प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै स्थानिय सन्दीप आधारभूत विद्यालयमा अध्ययन गर्ने २ जना जेहेन्दार विद्याार्थीलाई पनि नगद रु. २ हजार सहित सम्मानित गरिएको छ।
कार्यक्रम समूहका उपाध्यक्ष पुर्ण प्रसाद पौडेलको स्वागत र सचिव अर्चना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology