Logo

२०८३, आश्विन ११गते


images
images

अमेरिकाले २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान पश्चिम एसिया पठाएको दाबी

अमेरिकाले २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान पश्चिम एसिया पठाएको दाबी

images
  • अमेरिकाले २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान पश्चिम एसिया पठाएको दाबी
    images
    images

    काठमाडौँ । अमेरिका र इरान बीचको तनाव थप चर्किँदै गएको छ । प्रारम्भमा अमेरिकाले पश्चिम एसियामा दुई युद्धपोत तैनाथ गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको आशंका बढेको थियो ।

    images
    images
    images

    पछिल्लो २४ घण्टाभित्र अमेरिकाले ५० भन्दा बढी लडाकु विमान पनि पश्चिम एसियातर्फ पठाएको जनाइएको छ । यसलाई इरान वरिपरि नौसैनिक र वायुसेनाको उपस्थिति बढाएर दबाब सिर्जना गर्ने कदमका रूपमा हेरिएको छ । गत साता अमेरिकाले आफ्नो सबैभन्दा ठूलो युद्धपोत युएसएस गेराल्ड आर फोर्डलाई पश्चिम एसियामा पठाएको थियो भने युएसएस अब्राहम लिंकन पहिलेदेखि नै उक्त क्षेत्रमा तैनाथ छ ।

    images
    images
    images

    यता इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई ले सामाजिक सञ्जालमार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्- 'अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको भनिरहेको छ । युद्धपोत खतरनाक हुन सक्छ, तर त्यसलाई समुद्रको गहिराइमा डुबाउन सक्ने हतियार अझ खतरनाक हुन्छ ।'

    images
    images
    images

    यसैबीच जेनेभामा जारी अमेरिका-इरान वार्तामा केही प्रगति भएको बताइएको छ, तर अझै धेरै विषयमा विस्तृत छलफल हुन बाँकी छ ।

    खामेनेईले इरानको आणविक कार्यक्रमबारे पनि धारणा सार्वजनिक गर्दै आणविक ऊर्जा प्रयोग गर्ने अधिकार प्रत्येक देशको स्वाभाविक अधिकार भएको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय दिशानिर्देशमा समेत यस अधिकारको व्यवस्था रहेको भन्दै अमेरिकाले हस्तक्षेप गर्नु उपयुक्त नभएको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।