Logo

२०८३, आश्विन ११गते


images
images

भारतको राजस्थानस्थित पटाका कारखानामा आगलागी, सात मजदुरको मृत्यु

भारतको राजस्थानस्थित पटाका कारखानामा आगलागी, सात मजदुरको मृत्यु

images
  • भारतको राजस्थानस्थित पटाका कारखानामा आगलागी, सात मजदुरको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको राजस्थानको औद्योगिक क्षेत्रमा रहेको केमिकल तथा पटाका उत्पादन गर्ने कारखानामा आगलागी हुँदा सात मजदुरको मृत्यु भएको छ ।

    images
    images
    images

    आगलागीमा परेर गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा रिफर गरिएको छ । घटनास्थलमा पुगेकी अतिरिक्त जिल्ला मजिस्ट्रेट सुमित्रा मिश्राले सात जनाको शव फेला परेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनका अनुसार मृतक सबै बिहारको मोतिहारी जिल्लाका बासिन्दा हुन् ।

    images
    images
    images

    घटनापछि फरेन्सिक (एफएसएल) टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।

    images
    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनालाई दुःखद भन्दै राहत तथा उद्धार कार्य तीव्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।