Logo

२०८३, कार्तिक २७गते


images
images

समाचार

तिलोत्तमा जेसीजको पदस्थापना  : डा. भुसाल  र  सर्प उद्धारकर्ता पाण्डे सम्मानित

तिलोत्तमा जेसीजको पदस्थापना  : डा. भुसाल  र  सर्प उद्धारकर्ता पाण्डे सम्मानित

images
  • तिलोत्तमा जेसीजको पदस्थापना  : डा. भुसाल  र  सर्प उद्धारकर्ता पाण्डे सम्मानित
    images

    देवदह ।  तिलोत्तमा जेसीजले बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजीष्ट तथा हेपाटोलोजीष्टि  डा. मोहन भुसाल र सर्प उद्धारकर्ता विशाल पाण्डेलाई सम्मान गरेको छ । संस्थाको १४औ पदस्थापनाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । 

    images
    images
    images

    ग्याष्ट्रो सेन्टर बुटवलमा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा कार्यरत भुषालले  राजधानी बाहिर अत्याधुनिक सेवाहरू उपलब्ध गराउँदै आएका छन् । यस्तै सोही कार्यक्रममा लामो समयदेखि सर्प उद्धार कार्यमा सक्रिय रहेका पाण्डेलाई पनि सम्मान गरिएको हो । 

    images
    images
    images

    तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश न्यौपाने, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, पुर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, कार्यकारी उपाध्यक्ष नवराज उपाध्यायले डा. भुसाल र पाण्डेलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

    images
    images

    कार्यक्रममा बोल्दै  राष्ट्रिय अध्यक्ष कार्कीले तिलोत्तमा जेसीजले लामो समयदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । उनले सामाजिक उत्तरदायित्व सहितको समाजवेवामा जेसीजको भुमिका महत्वपूर्ण भएको उल्लेख गरे । 

    सोही कार्यक्रममा बर्ष २५ का अध्यक्ष प्रकाश न्यौपानेले बर्ष २६ का अध्यक्ष रामु रोकालाई पद हस्तान्तरण  समेत गरेका थिए ।  कार्यक्रममा पदभार ग्रहण गर्दै रोकाले  आफ्नो कार्यकाल  सफल बनाउने  प्रतिवद्धता जनाए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा जेसीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।