Logo

२०८३, कार्तिक २५गते


images
images

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समुह नेकपामा समाहित हुने

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समुह नेकपामा समाहित हुने

images
  • वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समुह नेकपामा समाहित हुने
    images

    काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता-कार्यकर्ताको एकता पक्षधर समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । 

    images
    images
    images

    आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।

    images
    images
    images

    वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनारलगायत नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने छन् ।

    images
    images

    यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता-कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने कार्यक्रम रहेको छ । उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।