Logo

२०८३, आश्विन १०गते


images
images

देवदह खानेपानी निर्वाचन : कुन दलले कसका लागि मत मागे ? कस्तो छ निर्वाचन समितिको तयारी ?

देवदह खानेपानी निर्वाचन : कुन दलले कसका लागि मत मागे ? कस्तो छ निर्वाचन समितिको तयारी ?

images
  • देवदह खानेपानी निर्वाचन : कुन दलले कसका लागि मत मागे ? कस्तो छ निर्वाचन समितिको तयारी ?
    images
    images

    देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनले देवदह तातिरहेको छ । भोलि (शनिबार) हुने निर्वाचनमा आ-आफ्नो प्यानललाई जिताउन राजनीतिक दलहरूको भागदौड जारी छ ।

    images
    images
    images


    निर्वाचनमा ६ दलिय गठबन्धनको एउटा प्यानल र नेकपा एमालेको अर्को प्यानल गरि दुई प्यानल मैदानमा छन् । सोही दुई प्यानलमा विभाजित राजनीतिक दलका स्थानीय नेताहरूले सामाजिक संजालमा भिडियो सार्वजनिक तथा पत्रकार भेटघाट मार्फत आ-आफ्ना प्यानललाई विजयी गराउन आह्वान गरेका छन् ।

    images
    images
    images

    ६ दलिय गठबन्धनका नेताहरूले मोतिलाल ढकाल नेतृत्वको संयुक्त गठबन्धनको प्यानलका लागि मत मागेका छन् । सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै नेपाली कांग्रेसका नगर सभापति गुनाराम भुर्तेलले मोतिलाल ढकालको प्यानललाई विजयी गराउन आम उपभोक्ता र नेपाली कांग्रेसका समर्थकलाई अनुरोध गरेका छन् । नेकपा माओवादी केन्द्र लगायतका दलहरूसंग कांग्रेसले लामो समयदेखि सहकार्य भएको र माओवादीको समर्थनमा अन्य सामाजिक संस्थामा कांग्रेसले नेतृत्व लिईसकेको जनाउँदै यो बेला ईमानदार भएर ढकाल प्यानललाई जिताउन अनुरोध गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी गठबन्धनकै माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द ठटराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष माधव रिमाल, एकीकृत समाजवादीका नगर अध्यक्ष टंक पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष डम्बरबहादुर थापा मगर, माओवादी क्रान्तिकारीका इन्चार्ज ॠषिराम लामिछाने र राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी केसीले गठबन्धनको प्यानललाई मतदान गर्न उपभोक्ता र आफ्ना समर्थकलाई आह्वान गरेका छन् ।

    साथै नेकपा एमालेका नगर अध्यक्ष टिकाराम चापागाईंले एमाले प्यानलका उम्मेदवार गुमानसिंह कुँवरको प्यानललाई मतदान गर्न उपभोक्ता र पार्टी कार्यकर्तालाई अनुरोध गरेका छन् । शुक्रबार  आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चापागाईंले कुँवर नेतृत्वको प्यानललाई मतदान गरि जिताउन आह्वान गरेका हुन् ।


    के छ  निर्वाचन समितिको तयारी 

    भोलि हुने निर्वाचनको लागि सम्पुर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बताएका छन् । सेतोमसीसंग कुरा गर्दै पाण्डेले सबै तयारी पूरा भएको र निष्पक्ष ढंगले निर्वाचन प्रक्रिया सम्पन्न हुने विश्वास व्यक्त गरे ।

     
    भोली बिहान ९ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनेभएकोले बेलुका ९ बजेपछि मौन अवधी सुरु हुने र त्यसपश्चात प्रचार प्रसार गर्न नपाईने संयोजक पाण्डेले बताए ।

    उक्त निर्वाचनमा ४ हजार ३ सय बढी मतदाताले मतदान गर्दैछन् । यद्यपि केही उपभोक्ताको बक्यौता बाँकी रहेकोले शुल्क नतिरेको अवस्थामा उनीहरू मतदान प्रक्रियामा सहभागी हुन नपाउने जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।