Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा झाँक्री, केसी र घिमिरे विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा झाँक्री, केसी र घिमिरे विजयी

images
  • लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा झाँक्री, केसी र घिमिरे विजयी
    images
    images

    दाङ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन् । झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् ।

    images
    images
    images

    त्यस्तै काँग्रेसका उम्मेदवार चन्द्र बहादुर केसीले ५ हजार ३२२ मत प्राप्त गर्दै विजयी भएका छन् भने वासुदेव घिमिरे (जङ्गली) ले ५ हजार ९७७ मत प्राप्त गरेर विजयी भएका छन् ।  

    images
    images
    images

    लुम्बिनी प्रदेशमा २८६ मतदाताले मतदानमा भाग लिएका थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।