Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभामा कोशीबाट थापा, पोर्तेल र मेचे विजयी

राष्ट्रिय सभामा कोशीबाट थापा, पोर्तेल र मेचे विजयी

images
  • राष्ट्रिय सभामा कोशीबाट थापा, पोर्तेल र मेचे विजयी
    images
    images

    विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    images
    images
    images

    दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भएका छन्  । उनका प्रतिस्पर्धी नेकपाका खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेकपाकी नमिता नेउपानेले २ हजार २६८ मतभार ल्याएकी छन् ।

    images
    images
    images

    कोशी प्रदेशबाट ‘अन्य समूह’ मा कांगेसका नेता सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

    कोशीमा पालिकातर्फबाट २५८ र प्रदेशसभातर्फ ८७ मत खसेको थियो । पालिकातर्फ कुल २६७ मत र प्रदेशसभामा ९२ मत रहेको थियो । मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो ।

    राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।