Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

सार्बजनिक बहस गर्न बालेनद्धारा अस्वीकार

सार्बजनिक बहस गर्न बालेनद्धारा अस्वीकार

images
  • सार्बजनिक बहस गर्न बालेनद्धारा अस्वीकार
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीका उम्मेदवारहरुको सार्बजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका छन् ।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले 'पब्लिक डिबेट'को लागि आफू तयार भएको सामाजिक सञ्जालमार्फत बताएपछि सोहि स्ट्याटसमा कमेन्ट गर्दै बालेनले त्यसलाई अस्विकार गरेका हुन् । 

    images
    images
    images

    ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने भन्दै बहसमा नबस्ने बताएका छन् ।

    images
    images
    images

    बालेनले लेखेका छन्- 'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।'

    यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए । यस विषयमा नेपाली कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।