Logo

२०८३, श्रावण २७गते


images
images

फर्निचर व्यवसायीले देवदहमा बनाए अनुगमन उपसमिति, नगरपालिकामा ज्ञापनपत्र बुझाइयो

फर्निचर व्यवसायीले देवदहमा बनाए अनुगमन उपसमिति, नगरपालिकामा ज्ञापनपत्र बुझाइयो

images
  • फर्निचर व्यवसायीले देवदहमा बनाए अनुगमन उपसमिति,  नगरपालिकामा ज्ञापनपत्र बुझाइयो
    images
    images

    देवदह । फर्निचर उद्योग संघ रुपन्देहीको आयोजनामा भएको उद्योगीहरूको भेलाले देवदह नगरस्तरीय फर्निचर अनुगमन उपसमिति गठन गरेको छ । भेलाले हरि प्रसाद भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समिति चयन गरेको जिल्ला अनुगमन समिति संयोजक नेत्र रुचालले जानकारी दिए । 

    images
    images
    images

    समितिको सह-संयोजकमा सन्दीप ढुङ्गाना, सचिवमा कमल वि.क. तथा सदस्यहरूमा चन्द्र अधिकारी, दिनेश चौधरी, रमेश बिष्ट, लीलामणि रिमाल, सन्तोष थापा, पदम ढुङ्गाना, नवराज भट्टराई, होमबहादुर सुनार र कमल ज्ञवाली रहेका छन् ।

    images
    images
    images

    भेलामा संघका अध्यक्ष जिबकान्त काफ्लेले संघ स्थापना कालदेखि नै अनुगमनलाई नियमित रूपमा अघि बढाउँदै आएको उल्लेख गर्दै दर्ता बिना सञ्चालन हुने समूह, घुमन्ते कामदार र ठेकेदार समूहलाई नियन्त्रण गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । उनले स्थानीय उपभोक्ताको घर–घरमा पुगेर फर्निचर उत्पादन गर्दा दर्ता भएर सञ्चालनमा रहेका व्यवसायीहरू मर्कामा परेको र यसले स्थानीय सरकारलाई लाखौँ रुपैयाँ बराबरको राजस्व कर चुहावट भइरहेको दाबी गरे ।

    images
    images
    images

    उद्योगीहरूले उद्योगमा काम र कामदारको अभावका कारण व्यवसाय धराशायी बन्दै गएको तथा बिना दर्ता घुमन्ते ठेकेदार समूहले थप समस्या सिर्जना गरेको गुनासो व्यक्त गरेका थिए ।

    नव गठित उपसमिति आफ्ना समस्यासंगै देवदह नगरपालिकामा ज्ञापन पत्र बुझाइएको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।