Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधा दिईने (सहमति पत्र सहित )

शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधा दिईने (सहमति पत्र सहित )

images
  • शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधा दिईने (सहमति पत्र सहित )
    images
    images

    काठमाडौं । शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच भएको छलफलमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले जानकारी दिइन् ।उनले भनिन्, ‘लामो समयको आन्दोलन पश्चात मन्त्रालयसँग आज सम्झौता भएको छ । 

    images
    images
    images


    यो सम्झौता कार्यन्वयन भयो भने ऐतिहासिक उपलब्धि हुनेछ। अध्यक्ष तुलाधरका अनुसार सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे सहमति भएको छ।

    images
    images
    images


    जसमा पेन्सन प्रयोजनको लागि १० वर्ष स्थायी अवधि थप गर्ने, १५ वर्षसम्म निरन्तर सेवा गरेपनि बढुवा नभएका शिक्षकलाई एक चोटी बढुवा, आवधिक बढुवाको कुरा शिक्षा ऐनमा समेटिने, इसीडी शिक्षक तथा कर्मचारीको २०७८ साउनदेखि पालिकाले खुवाउन परिपत्र गर्ने, आगामी बजेटमा संघीय सरकारकै बजेटमा पार्नुपर्ने लगायतको विषय समेटिएको छ ।

    images
    images
    images


    यस्तै मंसिरमा गठित शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा नेपाल शिक्षक महासंघका सह-अध्यक्ष पूर्णप्रसाद दवाडीसहितको कार्यदलले ५१ बुँदे प्रतिवेदन यही फागुन १ गते मन्त्रालयमा पेश गरेको थियो । 


    सोही प्रतिवेदनलाई कानून सम्मत कार्यन्वयन हुने सहमति भएको महासंघकी अध्यक्ष तुलाधरले जानकारी बताइन् ।

    हेर्नुस् शिक्षा मन्त्रालय र नेपाल शिक्षक संघबीच भएको सहमति पत्र:

    20220221_205523.jpg20220221_205545.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।