राहुल देव सापकोटा, देवदह। देवदह नगरपालिका वडा नं. ६ मा अवस्थित दाउन्ने बाख्रा पालन समुहलाइ बोयर जातको बाख्रा बितरण गरीएको छ । नगरपालिकाबाट स्वीकृत आर्थिक बर्ष ०७८/७९ को बजेटबाट वडा कार्यालयले दाउन्ने बाख्रा पालन समुहलाइ बोयर जातको बाख्रा बितरण गरेको हो ।
देवदह नगरपालिका वार्ड नं. ६ ले चालु आर्थिक बर्षमा ५० भन्दा बढि बोयर बाख्रा बितरण गरिसकेको देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्रीले सेतोमसीलाइ जानकारी दिए ।
दाउन्ने बाख्रा पालन समुहकी अध्यक्ष मिना नेपालीको अध्यक्षता, देवदह नगरपालिका वार्ड न.-६ का वडा अध्यक्ष दामोदर क्षेत्रीको प्रमुख आतिथ्यता र देवदह पशु शाखा अधिकृत हर्क बहादुर दहानीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology