Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेनको पक्षमा गएका दमक युवा संघका सचिव गैरे २४ घण्टामै एमालेमा फर्किए

बालेनको पक्षमा गएका दमक युवा संघका सचिव गैरे २४ घण्टामै एमालेमा फर्किए

images
  • बालेनको पक्षमा गएका दमक युवा संघका सचिव गैरे २४ घण्टामै एमालेमा फर्किए
    images
    images

    दमक । नेकपा एमाले निकट युवासंघ दमकका सचिव कमल प्रसाद गैरे एमालेमै फर्किएका छन् ।

    images
    images
    images

    बुधबार बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्दै रास्वपा प्रवेश गरेका गैरे २४ घण्टा नबित्त्दै एमालेमै फर्किएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बीर समेत सामाजिक सञ्जालमा सार्बजनिक गरेका छन् ।   

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा हिजो केही व्यक्तिहरूको ‌दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषणपछि एमालेमै फर्किएको र भोलि पनि एमालेमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बनेका छन्- 'हिजो केही व्यक्तिहरूको ‌ दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई ‌समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।'

    images
    images
    images

    उनले दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको भन्दै उनलाई जिताउनका पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्पसहित प्रतिबद्ध रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # युवा संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।