Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेनलाई समर्थन गर्दै कमल गाउँपालिकाका कांग्रेस सचिव रास्वपामा

बालेनलाई समर्थन गर्दै कमल गाउँपालिकाका कांग्रेस सचिव रास्वपामा

images
  • बालेनलाई समर्थन गर्दै कमल गाउँपालिकाका कांग्रेस सचिव रास्वपामा
    images
    images

    दमक । झापाको कमल गाउँपालिका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । 

    images
    images
    images

    बुढाथोकीले बालेन शाहलाई समर्थन गर्ने भन्दै काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको घोषणा गरेका हुन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'हामीले पार्टीमा  गरेको मेहनत र बगाएको पसिना एक दुई ठालुले मात्र ठगिखाने पेसा बनाएको र पार्टी सिस्टममा नचलेर नेताको हुकुममा चल्नु पर्ने परिपाटी कहिले सुधार हुने सङ्केत नदेखिएको र देशले मागेको परिवर्तनलाई अस्वीकार गर्ने र यथास्थितिलाई अँगाल्ने, आफ्नो व्यक्तिगत स्वार्थ सर्वोपरि राख्ने नेताको चरित्रले युवाको देश बनाउने अभियानमा बाधक हुने देखेको र मेरो आफ्नो स्वभाव र स्वाभिमानले समेत सो कुरालाई स्वीकार गर्न नसकेको हुँदा आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागी बन्दै युवा आइकन बालेन शाहलाई झापा–५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ ।’

    images
    images
    images

    कमल गाउँपालिकाका सबै ७ वडा झापा- ५ मा पर्दछन् । यस क्षेत्रबाट बालेन उम्मेदवार बनेपछि विभिन्न दलबाट रास्वपा प्रवेश गर्ने लहर चलेको छ ।  यस अघि एमाले निकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले बालेन शाहको समर्थन गर्दै पार्टी छोडेका छन्  भने राप्रपाका दमक नगर सभापतिले पनि पार्टी छोडेर बालेनको समर्थनमा उत्रिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।