Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

युवा संघ दमकका अध्यक्ष खतिवडाले छोडे पार्टी : बालेनलाई समर्थन

युवा संघ दमकका अध्यक्ष खतिवडाले छोडे पार्टी : बालेनलाई समर्थन

images
  • युवा संघ दमकका अध्यक्ष खतिवडाले छोडे पार्टी : बालेनलाई समर्थन
    images
    images

    दमक । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका दमक नगरका अध्यक्ष छवि खतिवडाले बालेन शाहको समर्थन गर्दै पार्टी छोडेका छन् ।

    images
    images
    images

    खतिवडाले झापा-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताउदै एमालेको संगठित सदस्य पद परित्या गरेको घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा-५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ-समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु । यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ-संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।'

    images
    images
    images

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको र उनलाई बालेन शाहले चुनौती दिएको समयमा उनले पार्टी छोडेर बालेनको कित्तामा उभिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युवा संघ
  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।