रमेश बहादुर सिह, बझाङ । साईपाल गाउँपालिकाको धलौनको लेकमा रहेकाे नमस्ते काे टावरले एक महिना देखि काम गर्ने छाेडे पछि साईपाल बासि छिमेकि र स्थानियहरूलाई फोन गर्न मारमा परेका छन् ।
ईन्टरनेट सेवा अबरुद्ध भए पछि गाउँ ठाउँका समाचार आदान प्रदानमा समस्या भएकाे र पुरै गाउपालिका नै अन्धकार बनेकाे साईपाल गाउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले जानकारि दिए ।
उनका अनुसार एक महिना अघि राम्रै काम गरि रहेकाे थियाे एक महिना यता ईन्टरनेटले काम नगर्दा गाउपालिका नै संचार को क्षेत्र बाट बञ्चित भयको छ ।यता दुरसंचार कार्यालय का हाकिम बम्म बहादुर ले लामो समय देखि हिउँ परेका कारण र यता मस्टा गाउपालिकाको रिलुमा रहेको टावरमा अज्ञात समुहले क्षेति गरेपछि अहिले काम गर्न छोडेको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology