Logo

२०८३, श्रावण २७गते


images
images

अर्थ-व्यापार

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो

images
  • पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो
    images
    images

    काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले शुक्रबारदेखि पहिलो चरणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

    images
    images
    images

    कम्पनीले प्रभावितका रुपमा उद्योग रहेको क्षेत्र नवलपरासी पश्चिम, खानी रहेको क्षेत्र पाल्पा, रुपन्देहीस्थित देवदह नगरपालिकाका स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलाएको हो ।

    images
    images
    images

    प्रभावित क्षेत्रका स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारमा रहेकालाई ५ लाख ६२ हजार ५ सय कित्ता सेयर खुलेको हो । दुवै पक्षले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

    images
    images
    images

    Palpa_cement_industries.jpg

    प्रभावित स्थानीयले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा पुस ३० गतेसम्म र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै प्रभावित स्थानीयले नबिल बैंकका तानसेन शाखा, बर्दघाट, गैंडाकोट शाखाबाट आवेदन दिन सक्नेछन् । प्रभु बैंकका पाल्पा शाखा, बर्दघाट शाखा, परासी शाखा, बेलतारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा शाखा, बर्दघाट शाखा र परासी शाखाबाट आवेदन दिन सकिनेछ ।

    कम्पनीले पहिलो चरणमा यो सेयर निष्कासन गरेलगत्तै सर्वसाधारणका लागि खुलाउने छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ ।

    कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ । अंकित मूल्य १ सयकै दरमा कम्पनीले आईपीओ जारी गर्नेछ । अंकित मूल्य १ सयमा सेयर जारी गर्ने यो नै एक मात्रै सिमेन्ट कम्पनी हो । हाल बजारमा ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।