Logo

२०८३, श्रावण २७गते


images
images

पाल्पा सिमेन्ट र लक्ष्मी स्टिललाई जनस्वास्थ्यप्रति संवेदनशील बन्न स्थानीयको चेतावनी

पाल्पा सिमेन्ट र लक्ष्मी स्टिललाई जनस्वास्थ्यप्रति संवेदनशील बन्न स्थानीयको चेतावनी

images
  • पाल्पा सिमेन्ट र लक्ष्मी स्टिललाई जनस्वास्थ्यप्रति संवेदनशील बन्न स्थानीयको चेतावनी
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको वडा नं ७ मा रहेका दुई ठूला उद्योग, पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलले सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। 

    images
    images
    images

    शुक्रवार बसेको स्थानीय राजनीतिक दलहरूको संयुक्त बैठकले उद्योगहरूले जनस्वास्थ्यप्रति खेलबाड नगर्न र समुदायसँग भएको सहमति अनुसार नै उद्योग सञ्चालन गर्न आग्रह  गरेको छ। नेपाली कांग्रेसका वडा सभापति गुप्त बहादुर केसीका अनुसार उद्योगहरूले वायु प्रदूषण नियन्त्रण र सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट विशेष रूपमा प्रभावित क्षेत्रमा लगानी गर्नुपर्ने स्थानीयको माग रहेको छ।

    images
    images
    images

    "जनस्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। उद्योग सञ्चालनका लागि स्थानीय बासिन्दा मर्नुपर्छ भन्ने हामीलाई स्वीकार्य छैन," केसीले सेतोमसीसँग भने, "वातावरणीय प्रदुषण न्यून गर्ने र सहमति कार्यान्वयन गर्ने विषयमा उद्योगहरू गम्भीर बन्नुपर्छ।"

    images
    images
    images

    संयुक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायतका दलहरूले उद्योगहरूले स्थानीय समुदायलाई उपेक्षा गर्दै काम गरिरहेको आरोप लगाएका छन्। बैठकले चैत ६ गते पाल्पा सिमेन्टबाट सिसाहानी संघर्ष समितिका सदस्यमाथि हातपात भएको भन्दै घटनाप्रति आपत्ति जनाएका छन्। साथै, बौद्ध मार्ग निर्माणको काम छिटो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्ने निर्णय समेत दलहरुले गरेका छन्।

    स्थानीय बासिन्दाले उद्योगका गाडीहरूको आवतजावतमा अवरोध गर्दै आएका छन्। उद्योगहरूले सडकको धुलो नियन्त्रण नगरेको र रातिको समयमा कारखानाबाट धुवाँ निष्कासन गरी वातावरण प्रदूषण गरिरहेको स्थानीयको आरोप छ।

    यस विषयमा सेतोमसीले राखेको जिज्ञासामा पाल्पा सिमेन्टका जनसम्पर्क प्रमुख जीवन निरौलाले स्थानीय समुदायसँग भएका सहमति पालना गर्न कम्पनी तयार रहेको बताए। "धेरै सहमति भएका छन्, ती मध्ये केही पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको हुन सक्छ। यदि स्थानीयलाई कुनै समस्या छ भने छलफल गरेर समाधान गर्छौं," उनले भने।

    निरौलाले स्थानीय समुदायसँगको मनमुटाव दुर्भाग्यपूर्ण भएको र कम्पनीको तर्फबाट आफूले भेटेर माफी मागिसकेको जानकारी दिए। उनले उक्त घटना नियोजित नभएको दाबी गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।