रमेश बहादुर सिह, बझाङ । लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको छ। नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टरबाट चामल साइपाल पुर्याइएको हो।
हेलिकोप्टरले तीन पटक गरी ४९क्विन्टल ७० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ। यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल चामल ढुवानी हुने भएको छ।
हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन्। स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो। यातायातका साधन नपुगेको र भेडा च्याङ्ग्राका लागि बाटो नभएकाले हेलिकप्टरलाई गुहार्नु परेको स्थानीय तिलक विकले बताए।
अहिले साइपाल गाउँपालिकाका तीनवटा वडामा खाद्यान्न अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत अपर्झट रुपमा खाद्यान्न ढुवानी गरिएको र आगामी दिनमा समेत साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन योजना बनाएर गाउँपालिकासँग समन्वय भैरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भिम थापाले बताए।
सदरमुकाम चैनपुरबाट पैदल तीन दिन लाग्ने साइपाल गाउँपालिकामा प्रत्येक वर्ष खाद्यान्न अभाव हुने गर्दछ। त्यहाँका स्थानीयहरुको आम्दानीको स्रोत यार्सागुम्बा, भेडापालन भए पनि पछिल्लो समय वन विनासका कारण यार्सागुम्बा कम पाइने र भेडाका लागि चरिचरनको अभाव भएपछि व्यवसाय छोड्न थालेका छन्।
लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको छ। नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टरबाट चामल साइपाल पुर्याइएको हो।
हेलिकोप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ। यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल चामल ढुवानी हुने भएको छ।
हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन्। स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो। यातायातका साधन नपुगेको र भेडा च्याङ्ग्राका लागि बाटो नभएकाले हेलिकप्टरलाई गुहार्नु परेको गाउपालिका अध्यक्ष राजेन्द्र धामिले बताए।
अहिले साइपाल गाउँपालिकाका तीनवटा वडामा खाद्यान्न अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत अपर्झट रुपमा खाद्यान्न ढुवानी गरिएको र आगामी दिनमा समेत साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन योजना बनाएर गाउँपालिको समन्वय केन्द सरकारको दुवानिमा आज गरेको अध्यक्ष धामिले बताए।
सदरमुकाम चैनपुरबाट पैदल तीन दिन लाग्ने साइपाल गाउँपालिकामा प्रत्येक वर्ष खाद्यान्न अभाव हुने गर्दछ। त्यहाँका स्थानीयहरुको आम्दानीको स्रोत यार्सागुम्बा, भेडापालन भए पनि पछिल्लो समय वन विनासका कारण यार्सागुम्बा कम पाइने र भेडाका लागि चरिचरनको अभाव भएपछि व्यवसाय छोड्न थालेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology