Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचनमा चार दल तालमेलको तयारीमा : काँग्रेस बैठकमा ब्रिफिङ

राष्ट्रिय सभा निर्वाचनमा चार दल तालमेलको तयारीमा : काँग्रेस बैठकमा ब्रिफिङ

images
  • राष्ट्रिय सभा निर्वाचनमा चार दल तालमेलको तयारीमा : काँग्रेस बैठकमा ब्रिफिङ
    images
    images

    काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालबीच गठबन्धन हुने देखिएको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समावादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका हुन् ।

    images
    images
    images

    बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महत्तले राष्ट्रिय सभाको निर्वाचनका लागि दलहरुबीच तालमेलका लागि छलफल भइरहेको जानकारी दिए । उनले थप छलफलपछि भोली बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने पनि जानकारी दिए ।

    images
    images
    images

    माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता रहेका दलहरुले सिट भागबण्डा गरेर निर्वाचनमा जाने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।