Logo

२०८३, आश्विन १२गते


images
images

समाचार

भेनेजुएलामाथिको आक्रमण अन्तर्राष्ट्रिय प्रणाली र कानूनको भद्दा उल्लंघन : डा. बाबुराम भट्टराई

भेनेजुएलामाथिको आक्रमण अन्तर्राष्ट्रिय प्रणाली र कानूनको भद्दा उल्लंघन : डा. बाबुराम भट्टराई

images
  • भेनेजुएलामाथिको आक्रमण अन्तर्राष्ट्रिय प्रणाली र कानूनको भद्दा उल्लंघन : डा. बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमण र राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    डा. भट्टराईले यस घटनाको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्- 'संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन हो। यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो 'जसको लाठी उसको भैंसी' प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ ।'

    images
    images
    images

    अमेरिकाले शनिबार बिहान भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई आफ्नो कब्जामा लिएको जनाएको छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो र उनकी श्रीमतीलाई देशबाट बाहिर लागिएको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।