Logo

२०८३, आश्विन १२गते


images
images

अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रपति मादुरो बेपत्ता : उपराष्ट्रपतिले मागिन् जीवनको प्रमाण

भेनेजुएलाका राष्ट्रपति मादुरो बेपत्ता : उपराष्ट्रपतिले मागिन् जीवनको प्रमाण

images
  • भेनेजुएलाका राष्ट्रपति मादुरो बेपत्ता : उपराष्ट्रपतिले मागिन् जीवनको प्रमाण
    images
    images

    काठमाडौँ । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको बारेमा सरकारसँग कुनै जानकारी नभएको बताएकी छन् । 

    images
    images
    images

    टेलिभिजन सम्बोधनमा रोड्रिगेजले अमेरिकी कारबाही पछि राष्ट्रपति मादुरोको ठेगाना स्पष्ट नभएको  र सरकारले उनको जीवनको प्रमाण माग गरिरहेको बताइन । 

    images
    images
    images

    अमेरिकाले शनिबार बिहान भेनेजुएलाविरुद्ध ठूलो मात्रामा सैन्य कारबाही सुरु गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पले राष्ट्रपति मादुरोलाई यस कारबाहीको क्रममा हिरासतमा लिइएको र देश निकाला गरिएको दाबि गरेका छन् । यद्यपि, भेनेजुएला सरकारले यो दावीमाथि प्रश्न उठाएको छ र कुनै पनि आधिकारिक जानकारीलाई अस्वीकार गरेको छ, जसले गर्दा स्थिति अझ बिग्रिएको छ ।

    images
    images
    images

    भेनेजुएलाका उपराष्ट्रपतिले राष्ट्रपति मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस हाल बेपत्ता रहेको दाबी गरेकी छन् । ट्रम्पले राष्ट्रपति मादुरो र उनकी श्रीमती अमेरिकाको हिरासतमा रहेको बताउदै देशबाट बाहिर निकालिएको बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।