रमेश बहादुर सिह, बझाङ । साइपाल गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न अभाव हुँदा भोकमरि हुने चिन्ता बढको छ ।
बझाङको उत्तरी चीन नाका नजीक रहेको साईपाल गाउँपालिकाको वडा ३, ४, ५ का बासिन्दाहरूलाइ खाद्यान्न ढुवानी नहुँदा भोकमरी चपेटामा परेका छन् ।माघ २० देखि परेको भारी हिमपात भएका कारण खच्चड र भेडाचेङ्राबाट ढुवानी गर्न नसकिएपछि खाद्यान्न संकट उत्पन्न भएको छ ।
साइपालको काडा क्षेत्रमा रहेको खाद्य डिपोमा खाद्यान्न सकिएपछि १ सय ६५ परिबार भोकमरीको चपेटामा परेको गाउँपालिका उपाध्यक्ष कल्पना बोहोराले बताइन् ।
उच्च हिमिली भेगको फेदमुनि रहेको साइपाल क्षेत्रमा उर्बरभुनी नभएको र सधै किनेर नै खाद्यान्न टार्न गरेकाले यसबर्ष बाक्लो हिउ जमेका कारण खाद्यान्न सस्थान द्वारा ढुवानी गर्न नसकेको देखिएको छ ।
चामल ढुवानीका लागि जिम्मा लिएका राजन कुवर र दलबहादुर विष्टले अहिले भेडा र खच्चड द्वारा ३२ कट्टा जति चामल पठाएको बताएका छन् । करिब ४ फिट भन्दा बढी हिउ जमेको भएकाले भेडा चेङ्रा ,खच्चड बाट जेनतेन गरि न्युउना र बलौडिका समुदायलाई खाद्यान्न उपलब्ध गराउने बताए।
उब्जनी नहुने त्यो क्षेत्रका बासिन्दाहरू हरेक बर्ष भोकमरीको समस्या भोग्दै आएका र आपूर्ति गर्न निकाएले समयमै खाद्यान्न पुर्याउन नसक्दा अहिले जौ ,कोदो मात्रा खाएर बसेको स्थानीय उज्ज्वल बोहोराले बताए।
यातायातको संजाल नजोडिएको साइपाल गाउँपालिका बाट जिल्लाको सदरमुकाम चैनपुर पुग्न ४ दिनको पैदलयात्रा गर्नुपर्न बाध्यता छ ।
यता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या देखिएपछि आफुले गृहमन्त्रालयलाई परिपत्र गरिसकेको बताए
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology