Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

'विशेष महाधिवेशन विधानको बाध्यकारी व्यवस्था हो'

'विशेष महाधिवेशन विधानको बाध्यकारी व्यवस्था हो'

images
  • 'विशेष महाधिवेशन विधानको बाध्यकारी व्यवस्था हो'
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षधरले आफुहरुले विधान अनुसार नै नियमित महाधिवेशन गर्न खबरदारी गरिरहेपनि पार्टी नेतृत्वले नियमित महाधिवेशन गर्न चासो नदिएको आरोप लगाएका छन् । असोज २९ गते केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेपछि विधान अनुसार यो कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

    images
    images
    images

    नियमित महाधिवेशनको तालिका आएपनि केहि नेताहरु पार्टीको सत्तामा रहिरहने षड्यन्त्रका कारण नियमित महाधिवेशन हुन नसकेको र अब विशेष महाधिवेशनको अर्को विकल्प नरहेको उनीहरुले दाबी गरेका छन् । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै पुस २९ सम्म विशेष महाधिवेशन हुनै पर्ने बताएका छन् ।

    images
    images
    images

    उनीहरुले पार्टी नेतृत्वलाई विधानको पालना गर्न र कार्यकर्ताको भावना अनुसार निर्णय गर्न आग्रह समेत गरेका छन् । उनीहरुले केन्द्रीय नेतृत्वसँग पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न माग गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विशेष महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।