Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

भवन निर्माणमा दुई पटक ठेक्का : ठेकेदा कम्पनिसहित ४ जनाविरुद्ध मुद्धा

भवन निर्माणमा दुई पटक ठेक्का : ठेकेदा कम्पनिसहित ४ जनाविरुद्ध मुद्धा

images
  • भवन निर्माणमा दुई पटक ठेक्का : ठेकेदा कम्पनिसहित ४ जनाविरुद्ध मुद्धा
    images
    images

    काठमाडौँ । पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुस्मा नगरपालिका- ७ स्थित खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा दुई पटक ठेक्का गरेर  भ्रष्टाचार गरेको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले पुरानो ठेक्काबाटसमय सीमामा निर्माण कार्य नगरी निर्माण व्यवसायी सम्पर्कमा नरहेको अवस्थामा निर्माण व्यवसायी मल्ल कन्स्ट्रक्सन तथा सप्लायर्ससँगको ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रकृयामा जानुपर्नेमा आर्थिक बर्ष २०७९।८० मा नेपाल सरकारको बिशेष अनुदान विनियोजन भएको भनी पुरानो ठेक्का सम्झौताबाट गर्नुपर्ने कार्यसमेतको लागि नयाँ ठेक्का गरी निर्माण गराएको देखिएको जनाएको छ ।

    images
    images
    images

    अख्तियारले कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ बिगो कायम गरेको छ भने लेखा अधिकृत कृष्ण प्रसाद शर्माविरुद्ध १७ लाख २ हजार ३४१, तत्कालिन इन्जिनियर आशिष शाक्यविरुद्ध ९६ लाख ४१ हजार ८७४, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स पर्वत र उक्त फर्मका प्रमुख लाल बहादुर मल्लविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ विगो माग गर्दै कानुन अनुसारको कारवाहीको माग गरेको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ठेक्का
  • # भवन निर्माण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।