Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : सञ्चारमन्त्री खरेल

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : सञ्चारमन्त्री खरेल

images
  • मुलुक निर्वाचनतर्फ अघि बढ्यो : सञ्चारमन्त्री खरेल
    images
    images

    काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । 

    images
    images
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्केा आयेाजवा र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकेा समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए । 

    images
    images
    images

    उनले भने- 'पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।' 

    images
    images
    images

    उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए । 

    मन्त्री खरेलले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे । उनले भने- 'राजनीतिक दललगायत सबै सरोकार भएका पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्न चाहान्छु ।' फरक प्रसङ्गमा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण आवश्यक रहेको बताए ।

    मन्त्री खरेलले मिडियाकेा विषयवस्तु बलियेा हुनुपर्वे , प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारकेा सहज पहुच हुनुपर्ने आवश्यकतामा जेाड दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।