Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय

जापानमा ५० भन्दा बढी सवारी साधन एकअर्कासँग ठोक्किए : एक जनाको मृत्यु

जापानमा ५० भन्दा बढी सवारी साधन एकअर्कासँग ठोक्किए : एक जनाको मृत्यु

images
  • जापानमा ५० भन्दा बढी सवारी साधन एकअर्कासँग ठोक्किए : एक जनाको मृत्यु
    images

    काठमाडौँ । जापानमा शुक्रबार राति हिउँ परेको मौसमले ठूलो सडक दुर्घटना निम्त्याएको छ ।

    images
    images
    images

    प्रहरीले कुहिरोका कारण दुई ट्रक ठोक्किएपछि भएको दुर्घटनामा पछाडिबाट आएका सवारी साधनहरूले हिउँ परेको सडकमा समयमै ब्रेक लगाउन सकेनन् र ५० भन्दा बढी सवारी साधनहरू एकअर्कासँग ठोक्किए । दुर्घटनाले तुरुन्तै सवारी साधनहरूमा आगो लाग्यो ।

    images
    images
    images

    गुन्मा प्रिफेक्चरको मिनाकामी शहरमा रहेको कान-एत्सु द्रुतमार्गमा दुर्घटना भएको थियो । यस दुर्घटनामा ७७ वर्षीया महिलाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बताइएको छ ।

    images
    images

    घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि आगो द्रुत गतिमा एक दर्जनभन्दा बढी गाडीहरूमा फैलियो र धेरैजसो पूर्ण रूपमा नष्ट भएको थियो । आगो निभाउन अग्निनियन्त्रकहरूलाई लगभग सात घण्टा लाग्यो । प्रहरी अनुसन्धान, भग्नावशेष हटाउने र सडक सफा गर्ने कामका कारण द्रुतमार्गका केही भागहरू अझै बन्द रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।