Logo

२०८३, कार्तिक २७गते


images
images

बंगलादेश द्धन्द्ध

द डेली स्टारका सम्पादक भन्छन्- अभिव्यक्ति स्वतन्त्रताभन्दा व्यक्तिगत सुरक्षाको विषय ठुलो भयो

द डेली स्टारका सम्पादक भन्छन्- अभिव्यक्ति स्वतन्त्रताभन्दा व्यक्तिगत सुरक्षाको विषय ठुलो भयो

images
  • द डेली स्टारका सम्पादक भन्छन्- अभिव्यक्ति स्वतन्त्रताभन्दा व्यक्तिगत सुरक्षाको विषय ठुलो भयो
    images

    काठमाडौँ । बंगलादेशको मिडिया डेली स्टारका सम्पादक महफुज अनामले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको बारेमा चिन्ता अब अभिव्यक्ति स्वतन्त्रताको मागभन्दा बढी भएको बताएका छन् । द डेली स्टारको कार्यालयमा भएको आक्रमणपछि उनले यस्तो बयान दिएका हुन् ।

    images
    images
    images

    बंगलादेशमा, विद्यार्थी नेता उस्मान हादीको हत्यापछि भएको हिंसामा दुई मिडिया संस्थाहरू, द डेली स्टार र प्रथम आलोको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।

    images
    images
    images

    प्रथम आलोका अनुसार, द डेली स्टारको कार्यालयमा भएको आक्रमणको बारेमा बोल्दै महफुज अनामले कम्तिमा २६-२७ पत्रकारहरू छतमा फसेको र दमकल सेवालाई उनीहरूसम्म पुग्नबाट रोकिएको बताए ।

    images
    images

    उनले भने- 'हामीले सामाजिक सञ्जालमा देखेका छौं, मानिसहरूले द डेली स्टार र प्रथम आलोका पत्रकारहरूलाई उनीहरूको घरमा फेला पारेर मार्नुपर्छ भनिरहेका छन् ।'

    घटनालाई 'क्रूर' भन्दै महफुज अनामले यसले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको मुद्दालाई अगाडि ल्याएको बताए । उनले पत्रकारहरूलाई आफ्नो जीवनको सुरक्षाको माग गर्न एकजुट हुन अपील गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # द डेली स्टार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।